अर्काकी श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि

 


अरूकोकी श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ। हत्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परेका छन्। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो ।


विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन। पुस १ गते राति शिक्षक विष्टले विमलामाथि


अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन्। प्रजाले प्रहरीलाई दिएको वयान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन। तर, ढिलो गरेपछि प्रजा उनलाई खोज्दै गएका थिए ।


खोजी गर्दा शिक्षक विष्टले विमलालाई अँगालो हालेको देखेपछि विष्टलाई मुक्का हानेर ढलाएको उनले बताएका छन्।प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्। विष्टको मृत्यु भएपछि शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुस’न्धानले देखाएको छ।


शिक्षक विष्टको श व पुस २ गते दि’उँसो फे’ला परेको थियो। मृ त कका आफ’न्तले उनको ह त्या भएको आ’शं’का गरेपछि प्रहरीले घ’ट’नाको अनुसन्धान थालेको थियो। सो घ’ट’नाको अनुस’न्धा’नका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो। 

No comments: