बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा कोहलपुरमा मृत्यु

बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा कोहलपुरमा मृत्यु

बम इच्छुक/बझाङ्ग

बझाङमा भीरबाट लडेर गम्भिर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका १ कोटदेवलकी ४३ वर्षीय खिनुदेबि खड्काको उपचारको क्रममा आज कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।


घर नजिकैको सकुन्ड्यारी भीरबाट लडेर उहाँकोे पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेको थियो र जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो ।

No comments: