फिल्म ‘छड्के २' को ट्रेलर सार्वजनिक भएको छ ।

 

फागूणको १९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘छड्के २' को ट्रेलर आज सार्वजनिक भएको छ । 



निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई ग्याङ स्टारको कथामा निर्माण गरिएको छ । जसमा नायक अनमोल केसी मुख्य भूमिकामा छन् । 

यो फिल्ममा देव कुमार श्रेष्ठ र प्रशान्त गिरीको लगानी छ । निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेशन बज्राचार्यको सम्पादन, राजकुमार उप्रेतीको एक्सन छ । 

फिल्ममा अनमोलको साथमा रोविन तामाङ, कमलमणी नेपाल, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेसा आले मगर लगायतका कलाकारको अभिनय छ । 

फिल्मको ट्रेलर हेर्दा अनमोलले अभिनयदेखि एक्सनमा आफूलाई निखारेका छन् । यो फिल्मले इनिसियल व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ । 



No comments: