बझाङ्ग खप्तड छन्ना ७ मा २ वर्षीया बालिका बलात्कृत

 

बझाङमा  खप्तड छान्न ७ मा २ वर्षीया बालिका बलात्कृत

बझाङः बझाङको खप्तडछान्ना गाउँपालिका–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ। ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी हुन्।


फागुन १२ गते साँझ पाँच बजेतिर आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन्। ‘चिच्याइरहेकी छोरीलाई तान्न खोज्दा मेरो शरीरमा पनि झुन्डियो। मैले धकेलेपछि उत्तानो पर्यो म छोरी लिएर भागेँ ।’


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए। उनले बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको बताएका छन्।


बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्। अभियुक्तको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय ले  आवश्यक अनुसन्धान अघि बढाइने बताए। अभियुक्त पुरुष पीडित बालिकाकै नातेदार पर्ने प्रहरीले जनाएको छ।

No comments: