यौन दुव्र्यवहार मुद्दामा उच्च अदालतले सफाइ पाएपछि पल शाह भोलि रिहा हुने भएका छन्

बझाङ्ग , फागुन १० – बाल यौन दुराचार मुद्दामा सजाय भुक्तान गरिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।


 बझाङ्ग , फागुन १० – बाल यौन दुराचार मुद्दामा सजाय भुक्तान गरिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोजन पक्षको दाबी पर्याप्त नभएको भन्दै सफाइ दिएको हो ।

पल शाहका वकिल कमलामोहन वाग्लेका अनुसार शाह सबै आरोपबाट सफाइ पाएका छन् र भोलि रिहा हुनेछन्

 ।बाल यौन दुराचारको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साहलाई साढे दुई वर्ष कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुवैले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपरासीले जबरजस्ती करणी मुद्दामा उनलाई सफाइ दिएको थियो तर बाल यौन दुव्र्यवहारमा २.५ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

यसअघि जिल्ला अदालत तनहुँले पनि उनलाई सफाइ दिएको थियो ।

No comments: