मेयर बालेनको अर्को स्टाटस

 


 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका छन् । दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए । 

त्यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका हुन् । ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप भनेका छन् । बालेनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिँदै आएका छन्।

No comments: